साताको तेस्रो दिन नेप्से १५.७२ अंकले बढ्यो

काठमाडौँ । आज शेयर बजार परिसूचक नेप्से १५.७२ अंकले बढेको छ ।

बैंकिङ, व्यापार, फाइनान्स, अन्य र बीमा समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से आज २६७४.४६ विन्दुमा पुगेको हो ।

मंगलबार होटल तथा पर्यटन समूहको शेयर २०५ अंकले, विकास बैंकको ३०, जलविद्युतको ११४, उत्पादनको १८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अंकले बढेको छ ।

आज दुई सय १३ कम्पनीको १ करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।