एकैदिन देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार २४३ जनाको नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ भने अहिलेसम्म २ लाख ७३ हजार ४५५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।