चीनले अपराधी चिन्न सक्ने मेसिन बनायो

काठमाडौं । चीनले अपराधीलाई अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्ससहितको मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने बताएका छन् । उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ ।

अपराधीलाई सजाय सुनाउन सक्ने एआई मेसिन शाङ्घाइको पुडोङ पिपुल्स प्रोटेक्टरेटले विकास र परीक्षण गरेको हो । यो मेसिनले डेस्कटप कम्प्युटरमा समेत काम गर्न सक्ने समाचारमा उल्लेख छ ।

मौखिक बयान दिएपछि अभियोग लगाउन र सजाय सुनाउन सक्ने एआई मेसिनको सफलता दर ९७ प्रतिशतभन्दा बढी रहेको पनि अनुसन्धानकर्ताको भनाइ छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सन् २०१५ देखि २०२० सम्मका १७ हजारभन्दा बढी मुद्दाबाट संकलित सूचनाका आधारमा एआई मेसिनलाई तालिम दिइएको थियो । मेसिनले क्रेडिट कार्डको अनधिकृत प्रयोग, चोरी, कुटपिटजस्ता सामान्य अपराधमा मानिसलाई सजाय तोक्न सक्ने समाचारमा उल्लेख छ ।

चीनका अभियोजनकर्ताले २०१६ देखि नै एआईको प्रयोग गर्दै आएका छन् । हाल कतिपय वकिलले प्रयोग गर्दै आएको ‘सिस्टम २०६’ले प्रमाणको सामर्थ्य विश्लेषण गर्न, परिवेशको मूल्याङ्कन गर्न र सन्दिग्धबाट उत्पन्न हुने जोखिम जाँच गर्न सक्छ ।

तर, हाल प्रयोगमा रहेका एआई टुल्सले निर्णय गरी अभियोग लगाउन र सजाय दिन सक्दैनन् । निर्णयका लागि सम्बन्धित सूचनालाई नछुटाइकन जटिल भाषालाई गणितीय ढाँचामा बदल्न सक्ने मेसिन चाहिन्छ र पछिल्लो मेसिनसँग यस्तो क्षमता रहेको समाचारमा उल्लेख छ । एजेन्सीहरुको सहयोगमा