माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं– नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।