एमाले झापाको अध्यक्षमा दीपक कार्की

झापा । नेकपा (एमाले) झापाको जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन् ।

विर्तामोडमा शुक्रबारबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पदमा कार्कीको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

२०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा उनी झापा क्षेत्र नम्बर ६ बाट संविधान सभा सदस्य पदमासमेत निर्वाचित भएका थिए ।

अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

सचिवमा शिव ढुङ्गेल चयन हुँदा उपसचिवद्वयमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ चयन भएका छन् ।

पार्टीका बाँकी पदाधिकारीको टुङ्गो लगाउन सहमतिको प्रयास भइरहेको एमाले नेता प्रविण पोखरेलले जानकारी दिए ।