मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने

सर्लाही । सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं। १२ मा पर्ने कालिन्जोरमा सोही प्रतियोगिता यही असोज १३ गतेदेखि १५ गतेसम्म हुने भएको हो । आयोजक कालिन्जोर युवा समूहले शनिबार वडा कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विषयमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका ८ वटै जिल्लाका टिममा सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ ।

कालिन्जोरस्थित वडा कार्यालयमै मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताएका छन् ।