मोरङ २ मा मिनेन्द्रको ठाउँमा सुजाताको ईन्ट्री

काठमाडौं । नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई पाखा लगाउँदै नेतृ सुजाता कोइरालाले टिकट पाएकी छन् ।

०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई टिकट बाट रोक्दै शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय भएको बताइएको छ ।

रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै टिकट हात पार्न सफल भएकी छन् ।