नवौं राष्ट्रिय खेलकुदमा आजदेखि महिला क्रिकेट खेल

काठमाडौं । आजदेखि पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

आजको उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेल समूह ‘ए’ मै रहेका सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

असोज २३ देखि कात्तिक १ गतेसम्म हुने महिला क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीयसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।