घनश्याम भूसाल निकट ३७ नेताले एमाले छाडे

काठमाडौं । आज एक विज्ञप्ति निकालेर घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमालेबाट राजीनामा दिएको जनाएका छन् ।

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार राय, परसुराम गुप्ता, अनिल यादवलगायत छन् ।