सिरियामा अमेरिकी नेतृत्वमा भीषण हमलाको खतरा

सिरिया– अमेरिकी नेतृत्वमा सिरियामा भीषण हवाई हमलाको तयारी थालिएको छ ।सिरिया आसपासबाट उडान गर्ने विमानहरुलाई टाढै रहन चेतावनी दिइएको छ । युरोपेली एयर ट्राफिक कन्ट्रोल एजेन्सीले सिरिया आसपासबाट आगामी ७२ घण्टासम्म उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिएको हो ।यस्तो चेतावनीलाई हवाई हमलाको व्यापक तयारीका रुपमा लिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।चेतावनीमा हावाबाट जमिनमा आक्रमण गर्न सकिने जनाइएको छ । आक्रमणमा क्रुज मिसाइल प्रयोग हुन सक्ने स्रोतको दावी छ ।

विमानहरुलाई सिरियाबाट टाढै रहन चेतावनी दिएलगत्तै सिरियाली आकाशमा विमानहरुको चाप घटेको छ । अधिकांश विमानले सिरियाली आकाशबाट उडान रुट परिवर्तन गर्दै गन्तव्यतर्फ लागेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमला गर्ने उद्घोषका साथ रुसलाई समेत तयार रहन चेतावनी दिएलगत्तै यस्तो गतिविधि देखिएको हो । एजेन्सी