ओली क्याम्पमा प्रचण्डको इन्ट्री

काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तथा सरकार गठनबारे भित्रभित्रै नयाँ–नयाँ खिचडी पाकिरहेको बुझिन्छ । प्रचण्ड निकट स्रोतका अनुसार, केही दिन अगाडि चितवनबाट फर्किए लगत्तै माधव नेपाल र प्रचण्डबीच ‘वान टु वान’ गोप्य छलफल भयो । त्यो छलफल लगत्तै प्रचण्डले नारायणकाजी श्रेष्ठ बाहेक आफ्ना विश्वासपात्रहरु कृष्णबहादुर महरा, बर्षमान पुन, रामबहादुर थापॉबादल’, अग्नि सापकोटा, हरिबोला गजुरेलसँग गुप्तरुपमा केपी ओलीलाई ‘सर्वोच्च नेता’ बन्न प्रस्ताव गर्ने र आफू पार्टी अध्यक्ष बन्नेबारे छलफल गरेको स्रोतले बतायो । अति गोप्य राखिएको यो प्रस्तावले केपीको हातबाट पार्टी नेतृत्व खोसिने उनलाई दोस्रो मनमोहन बनाउन सकिने आगामी विशेष महाधिवशेनपछि माधव–झलनाथ–वामदेवसँग मिलेर केपीओलीलाई आइसोलेटेड गरी पार्टी नेतृत्वमा ‘आफ्नो हात जगन्नाथ’ गर्न सकिने हुनाले यसमा प्रचण्ड–माधव–झलनाथ र वामदेव एक ठाउ“मा उभिन सकिने लक्षण देखिएको छ । भावि अध्यक्षको रुपमा चर्चामा रहेका इश्वर पोखरेललाई पनि माइनस गर्न यो फर्मूलाले काम गर्ने सोचाई उनीहरुको चर्चा धुम्बाराहीतिर हुने गरेको छ ।

माओवादीभित्रको विश्वस्त सूत्रले दाबी गरे अनुसार, प्रचण्ड र माधवले केपी–इश्वरको चुलिँदो कद घटाउन गुप्त समझदारीमै विभिन्न विकल्पसहितको प्लान ‘ए’, प्लान ‘वी’, प्लान ‘सी’ अगाडि बढाउने रणनीति तय गरेका छन् । केपी ओली निकट स्रोतले आशंका गर्दै साँघु सम्बाददातासंग भन्यो ‘नयाँदिल्ली र पश्चिमा सेन्टरका रणनीतिज्ञहरुको गुरुमन्त्र अनुसार तय गरिएको यो रणनीति सकेसम्म पार्टी एकता हुनै नदिने, भइहालेमा ओलीलाई पार्टीभित्रै कजमोर भूमिकामा धकेल्ने सकेसम्म प्रधानमन्त्री हुनै नदिने, प्रधानमन्त्री भइहाले पनि पार्टीको नियन्त्रणमा च्याप्ने र अन्ततः फेरि पार्टी विभाजन गर्ने खतरनाक खालको छ । त्यसो त माधव नेपाल झलनाथ वामदेव गौतमहरु पनि राष्टप्रति वफादार नै छन् । सुरुमा एमाले नेता माधव नेपालले पार्टी एकताप्रति त्यति रुची राखिरहेको थिएनन् । तर, ‘प्रचण्ड’लाई प्रयोग गरेर ओलीलाई कमजोर बनाउन सकिने र अन्ततः विशेष महाधिवेशनपछि प्रचण्डकै सहायतामा पार्टी अध्यक्ष बन्न सकिने तथा यसबीचमा परिआए प्रधानमन्त्री बन्न सकिने हिसाबकिताब गरेर माधव नेपालले चतूरतापूर्वक प्रचण्डसँग न्यानो ‘मित्रता’ बढाएको रिपोर्ट ओली कहाँ पुगेपछि बालको झस्किएको चर्चा हुने गरेको छ । सुरुदेखि नै पार्टी एकताको निम्ति मरिमेटेर लागेका सोझा र भावुक स्वभावका वामदेव र झलनाथ भने यतिबेला प्रचण्डको समेत विश्वास जितेर राष्ट्रपति बन्न चाहिरहेको निष्कर्ष केपी ओली किचन क्याविनेटको रहेको बताइन्छ ।

यदि आफ्नो किचेन क्याबिनेटमा गरिएको गोप्य सल्लाह अनुसार नै प्रचण्डले ओलीलाई सर्वोच्च ‘नेता’को अफर गरे भने त्यसप्रति ओलीले के प्रतिक्रिया जनाउलान, त्यो हेर्न बाँकी नै छ । उच्च स्रोतका अनुसार, ओलीको किचेन क्याबिनेटकाहरुले पनि यसले सुईको पाइसकेको र ओलीलाई पार्टी विधानमा नभएको रहस्यमय ‘पद’लाई अस्वीकार गर्न सुझाइसकेको बालकोट स्रोतबाट थाहा हुन आएको छ । चारवटा हेलिकोप्टरसहित एक्कासी ला¨टा¨ पुगेर आफ्नो किचेन क्याबिनेट बैठक राखेका ओलीसँग प्रचण्ड मात्रै होइन एमाले नेताहरु माधव, जेएन समूहमा झस्का पसेको बताइन्छ । ला¨टा¨मा उनका निकटस्थहरुले विभिन्न विषयहरुमध्ये पार्टी एकतापछिको नेतृत्वको बारेमा समेत ओलीको कान फुकेको बुझिएको छ ।

स्रोत भन्छ, प्लान ‘बी’ अन्तर्गत प्रचण्ड र माधव (वामदेव) झलनाथका विश्वासपात्रहरुले अध्यक्ष मण्डलको प्रस्ताव अगाडि सारेका छन् । अध्यक्ष मण्डलको अध्यक्षमा ओली र प्रचण्ड दुवै रहने र प्रधानमन्त्रीमा अढाई बर्ष आलोपालो गर्ने योजना छ । महासचिव पोखरेल र ओली स्वयम्ले घुमाईफिराई प्रचण्डलाई अध्यक्ष मान्न नसकिने संकेत दिइसकेका छन् र आलोपालो प्रधानमन्त्रीको प्रस्तावलाई पनि खारेज गरिदिएको छ । बालकोट स्रोतका अनुसार, राजपा स्टाइलमा बहुअध्यक्ष बनाएर पार्टीभित्र बहुशक्ति केन्द्र बनाउने पक्षमा ओली पटक्कै छैनन् ।

बालकोट स्रोत भन्छ, ‘कमरेड ओलीले माओवादीलेभन्दा बीस लाख समानुपातिक मत बढी ल्याउने पार्टी माओवादी केन्द्रका प्रमुख प्रचण्डलाई अध्यक्ष बनाउँदा पार्टीभित्रको सन्तुलन बिग्रिने र पार्टी पंक्तिभित्र निरासा छाउने तथ्य राम्ररी बुझेका छन् । त्यसैले ओलीले पार्टी अध्यक्ष आफैं हुने तरिकाले पार्टीभित्र रणनीति तय गरेका छन् ।’

यसैबीच प्रचण्ड प्रमुख अतिथि भएको माओवादीको सिन्धुली–काठमाडौं गणतान्त्रिक मञ्चको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले प्रचण्डलाई देखाएर एकीकृत पार्टीको ‘भावि अध्यक्ष’ भनेपछि एमाले पंक्तिभित्र सनसनी मच्चिएको छ । ओलीलाई गलाउने प्रचण्ड–माधव–वामदेव–झलनाथको मिसन अनुरुप नै योगेशले यस्तो बोलेको चर्चा बालकोटमा चल्ने गरेको बताइन्छ ।

प्लान ‘सी’ अन्तर्गत ओलीलाई गलाउन केही गरेपनि नसकिने भयो भने प्रचण्डले एमालेभित्रै खेल्ने गरी मिडियामार्फत माधव नेपाललाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड फ्याँक्नेछन् । एकतीरले अनेक शिकार गर्ने सोचार्ईका प्रचण्डले ‘भारत–पश्चिमा’को सल्लाह बमोजिम ओलीलाई अध्यक्ष बनाएर आफू सह–अध्यक्ष बन्न तयार रहेको तर ‘एक व्यक्ति एक पद’ को नीति अनुरुप माधव नेपालजस्तो अनुभवी र युनिटी फ्रेन्डली नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राख्ने सम्भावना रहेको आशंका पनि ओली गुटमा गरिदैछ । २०७४ पुस १७ गतेको साँघु साप्ताहिकमा खबर छ ।