जानीराख्नोस् ! यस्ता छन् : जौँको रोटी खानुका फाइदाहरु

काठमाडौं– रोटी पकाउन गहुँ वा अन्य आँटा नै चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौँ । रोटीका लागि जौँको आँटा प्रयोग गर्नु सुरक्षित र स्वास्थ्यवर्द्धक हुन्छ । यस्ता छन् फाइदाहरु

अत्यधिक पौष्टिक

गहुँको तुलनामा जौँमा बढि पौष्टिक तत्व हुन्छ । जौँको आँटामा क्याल्सियम, जिंक, म्याग्नेसियम र पोटासियम सहित कैयन खनिज तत्व हुन्छन् । यसमा गहुँको तुलनामा प्रोटिन पनि बढि हुन्छ । जौको आँटाको प्रयोगबाट शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ । जौको आँटामा गहुँको जस्तै ग्लूटेन हुँदैन, त्यसैले यो सजिलै पच्छ । जौको आँटाको प्रयोगले। शरीरलाई थुप्रै रोगहरुबाट बचाउँछ पनि ।

वजन कम गर्छ

जौँमा फाइबर भरपुर हुन्छ । हाम्रो शरीरले फाइबरलाई सजिलै पचाउन सक्दैन, त्यसैले फाइबरयुक्त खानाले हाम्रो पेट चाँडै नै भरिन्छ र शरीरमा क्यालोरी बढ्दैन । त्यसैले यदि वजन कम गर्ने विचार छ भने जौँको रोटी खाने गर्नुस । जौको आँटा बनेको रोटी खान पनि मिठो हुन्छ ।

डाइबिटिजमा फाइदाजनक

डाइबिटिजका बिरामीहरुको लागि जौको आँटा अत्यधिक फाइदाजनक मानिन्छ । किनकि यसले ब्लडमा सुगरको लेवललाई कम गर्छ । जौँमा ८ आवश्यक एमिनो एसिड्स हुन्छन् र घुलनशील फाइबर हुन्छन् जसले इन्सुलिनको उत्पादनमा सहयोग गर्छन् । जौमा बीटा ग्लुकन नामको फाइबर हुन्छ जसले रगतमा घुल्ने सुगरलाई नियन्त्रण गर्छ । सुगरका रोगीहरुका लागि त जौको प्रयोग ओट्सभन्दा पनि लाभकारी हुन्छ ।

मुटुको रोग रोक्छ

जौँ खानाले मुटु रोगको सम्भावना धेरै हदसम्म कम हुन्छ । जौमा भिटामिन बी ३ अर्थात् नियासिन, भिटामिन बी १ अर्थात् थियामिन, सेलेनियम, कपर र म्याग्नेसियम हुन्छ जसले कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रण गर्छ । यी सबै तत्वले शरीरमा खराब कोलस्ट्रोलको लेवललाई कम गर्छ र मेटाबोलिज्म बढाउँछ । यसबाट शरीरमा कतै पनि रगतको ढिक्का जम्ने सम्भावनालाई कम हुन्छ । मुटु रोगको प्रमुख कारण रक्त प्रवाहमा हुने अनियमितता नै हो ।

अत्यधिक एन्टिअक्सिडेन्ट्स उपलब्ध

जौँमा यस्ता थुप्रै एन्टिअक्सिडेन्ट्स हुन्छन् जसले शरीरलाई कैयौं गम्भीर रोगहरुबाट रक्षाँ गर्छ । जौँमा हुने लिग्नेन्सले क्यान्सर रोगबाट बचाउँछ । यसले उमेरको असरलाई पनि कम गर्छ । जौँको सेवनले शरीरमा गुड ब्याक्टेरिया बढ्छन् र ब्याड ब्याक्टेरिया समाप्त हुन्छन् । यसबाट शरीरको मेटाबोलिज्म ठिक रहन्छ । यसबाट प्रोस्टेट क्यान्सर र ब्रेस्ट क्यान्सरको खतरा कम हुन्छ ।एजेन्सीको सहयोगमा