फ्रेन्च फुटबल लिगको उपाधि पिएसजीलाई

काठमाडौं (एजेन्सी)– यस वर्षको फ्रेन्च फुटबल लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

फ्रान्सको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता लिगा उन अन्तर्गत गएरातीको खेलमा साविक विजेता मोनाकोलाई ७–१ ले हराँउदै पिएसजीले उपाधि फर्काएको हो ।

गएरातीको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन एन्जल डि मारिया र जियोभानी लो सेल्सोले २-२ गोल गर्दा एडिन्सन काभानी र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

मोनाकोका फाल्काओले एक आत्माघाति गोल गरेका थिए । साविक विजेता मोनाकोका लागि भने रोनी लोप्सले एक सान्तोना गोल गरे ।

यो जितसँगै पिएसजीले लिगमा ५ खेल मात्रै बाँकी छँदा अंक तालिकामा दोस्रो स्थानको मोनाकोसँग १७ अंकको अग्रता लिएको छ ।

पिएसजीको यो उपाधि फ्रेन्च लिगका उसको सातौं उपाधि हो ।