विश्वकप फुटबलको नेपाली समयअनुसार तालिका यस्तो छ

काठमाडौं (पास)– विश्वकपको रौनकले विश्वभरका खेलप्रेमीमाझ को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ ।

३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन ।

उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यही जेठ ३१ देखि रुसमा आरम्भ हुने प्रतियोगिताको तालिका नेपाली समयअनुसार-

३१ जेठ २०७५

साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५

साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५
साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५
साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५
साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५
साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५
साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५
साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५
साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५
साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह
राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५
साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५
साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल हुनेछ ।