युवा चिकित्सक संघद्वारा गगन थापालाई आरोप पुष्टि गर्न चुनौति (पत्रसहित)

काठमाडौं– केही दिनदेखि चर्चामा रहेको डा. गोविन्द केसीको अनसन र त्यसमा ऐक्यवद्धता जनाउँदै नेपाली काग्रेसका युवा नेता, सांसद् एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले दिएको अभिव्यक्तिप्रति युवा चिकित्सक संघले आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

संघले थापालाई वंगलादेश, चीन, फिलिपिन्सलगायतका देशमा पैसा वुझाएपछि डिग्रीको सर्टिफिकेट ग्यारेन्टी हुने भएकाले मात्र नेपालीहरु पढ्न गएका हुन भन्ने अभिव्यक्तिको सप्रमाण सहित पुष्टि गर्न चुनौति दिएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरलाई पनि सम्बोधन गर्दै ‘सांसद जस्तो गरिमामय पदमा आसिन भई तपाईँजस्ता माननीयज्यूले विदेशबाट अध्ययन पुरा गर्नुभएको हजारौँ चिकित्सक तथा पढ्दै गरेका विद्यार्थीहरुमाथि सार्वजनिक रुपमा लगाउनुभएको आरोपले आम जनतामा हामी विदेशबाट पढेका चिकित्सकहरुमाथि ठूलो प्रश्न चिन्ह खडा भएको यथार्थ अवगत गराउन चाहन्छौँ ।’