पूर्वकी गायिका मेलिना राईले गाइन् पश्चिमको ‘कौडा गीत’ (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका हुन् मेलिना राई । उनै गायिका राईले गाइन् पहिलोचोटी लोक दोहारेरी बेसमा कौडा गीत । सधैं ट्रेन्डिङमा पर्न सफल हुने गायिका मेलिना राईले पहिलोचोटी पश्चिमेली लोक दोहारेरी भाका कौडा गीत गाएकी छन् । पूर्वेली लोक गीत, चलचित्र गीत, आधुनिक गीतमा उनको स्वरले पछिल्लो समय कब्जा जमाएको भए पनि अब भने पश्चिमेली ठेट लोकगीतमा पनि स्वर दिन थालेकी छिन् ।

मेलिना राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रुपमा चिनिँदै आएका गायक गणेश गुरुङले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् । उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ ।

आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा गीत निकै मिठो बनेको छ । अविनाश गोरखा कालीका मन्दिरका पूजारी खलक पनि हुन् । गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरु गोरखा कालीका मन्दिरका पूजारी रहेको कुरा बातए । उनै पूजारी खलकका गायक अविनाशको कौरा गीत ‘गोरखा डाँडा शितलु’ गीतको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् ।

राजेश घिमिरेको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ । गीतलाई गायक अविनाश थापाको आफ्नै अफिसीएल युट्युव च्यानलमार्फत हेर्न सकिन्छ ।