आजको हेलिकप्टर दुर्घटनाप्रति योगेश भट्टराईको गम्भीर प्रश्न ‘पाँच जनाको क्षमतामा किन सात जना उडाईयो ?’

काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सांसद् योगेश भट्टराईले घटनामाथि आशंका व्यक्त गरेका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन् ‘भीआईपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

भट्टराईले गरेको आशंकाले गम्भीर प्रश्न उव्जाएको छ । र, यदि प्राविधिक पक्षबारेको वास्तविकतामा हेलिकप्टरमा ५ जना मात्रै राखिने गरिएको हो भने छानविन गर्नैपर्ने विषय बनेको छ ।

सांसद् भट्टराईले उठाएको प्रश्नसँगै वाईडबडी प्रकरणसँग जोडेर विभिन्न अनुमानसँग जोडेर सामाजिक सञ्जालमा बहश नै सृजना भएको छ ।

त्यस्तै एयर डाईनेष्टि कम्पनीको वेबसाईटमा पाइलट सहित ६ जना क्षमता भनिएको छ तर आज दुर्घटना भएको हेलिकप्टरले किन ७ जना क्रु लिएर उड्यो ? यहाँ पनि गम्भीर प्रश्न खडा भएको छ ।