छाती हुनु त इमरानको जस्तो !

काठमाडौं– दुष्मनको आक्रमणबाट बच्दै उनै आक्रमणकारीलाई नै बचाउने र सकुसल फिर्ता पठाउने छाती सानो होइन । हो, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानले भोलि (शुक्रबार) रिहा गर्ने निर्णयगरेसँगै उनको विश्वभरबाट प्रशंसा गरिएको छ ।

आज पाकिस्तानी प्रधानमन्त्री खानले एक ‘ट्रु स्टेटम्यान’ को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका हुन् ।

अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् । बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो ।

पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ । एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’

त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन् भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् । त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् । एजेन्सीको सहयोगमा