एक मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु

एजेन्सी । बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा जलेर कयौँ व्यक्तिहरू घाइते भएका छन् । बंगलादेशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । त्यसमध्ये ३५ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ वटा एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थना गरिरहेको बताइएको छ ।