जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ बेपत्ता

हरारे, जिम्बाब्वे– जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् ।

शुक्रबार मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण १०० भन्दाबढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए ।

आँधीका कारण हजारौँ मानिस प्रभावित बनेका छन् । आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।

पूर्वी चिनामानिमनि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, “अहिलेसम्मको जानकारी अनुसार २४ जनाको मृत्यु भएको र १०० भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन् ।”

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ । कतिपय घरहरू बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ ।

आँधीपूर्व गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित बनेका थिए । एएफपी