२४ घण्टामा विश्वमा ४ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ८९ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ४ हजार ४४१ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म विश्वमा १० लाख ७९ हजार २९ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ९७५ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  हालसम्म विश्वमा ३ करोड ७७ लाख ४ हजार १५३ जनामा कोरोना संक्रमण देखिसकेको छ ।