अब छवि–शिल्पाको विहेमा जन्त जाने र विवाह दर्ता गर्नेलाई पनि मुद्दा !

काठमाडौँ– नेपाली सञ्चार जगतमा बेला बेलामा केही काण्डहरु यसरी अचानक भाईरल बनिदिन्छ की त्यसको कसैले कल्पनासम्म गरेको हुँदैन । हो, त्यस्तै एउटा काण्डको पछिल्लो उदाहरण हो चलचित्र निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल काण्ड ।

यो काण्ड यतिसम्म भयो की उनीहरुको सम्बन्धमा दरार आएपछि प्रहरी उजुरीदेखि बहुविवाहको मुद्दा सम्म पुगेको छ । त्यही बहुविवाहकै कारण अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भइसकेको छ तर, प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन ।

निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।

शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।

छविले ल्याएको सम्बन्ध विच्छेदसम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको बताइएको छ ।