रफायल नदाललाई घुँडामा चोट, पेरिस मास्टर्स कपमा नखेल्ने

काठमाडौं– विश्व नम्बर एक रफायल नादालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्याग गरेका छन् ।  क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो ।

नदालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको बताए ।

तेस्रो चरणअन्तर्गत पाब्लो कुइवाससँगको खेलमा नाडालको घुँडामा चोट लागेको थियो । नदालले आफू लण्डनमा १२ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म हुने यो सिजनको अन्तिम प्रतिस्पर्धामा फिट भएर फर्किन सक्दो प्रयास गर्ने बताएका छन् ।

यस्तै अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो जोन इस्नरसँग ६–४, ६–७ र ६–४ ले पराजित भएका छन् । यो हारसँगै उनले एटिपी वल्र्ड टुरको फाइनलमा स्थान बनाउन असफल भए ।