सत्तारुढ नेकपाका नेता ढाकाराम सुवेदीको निधन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् अनेरास्ववियु पर्वतका पूर्वअध्यक्ष ढाकाराम सुवेदीको निधन भएको छ ।

नेकपा पर्वतको कुश्मा नगरकमिटीका सचिव समेत रहेका सुवेदीको निधन भएको हो ।

काठमाडौंको गुरु दीर्घायु अस्पतालमा टाउकोको शल्यक्रिया गरिएका सुवेदीको मंगलबार राति उपचारकै क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।