सचिवालय हेरफेरलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली

२४ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्रयाक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् ।

छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालयका समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार सचिवालय समूहले संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्यलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर, मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैअघि छलफल गरेका थिए । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरु मात्र फेर्ने विषयमा छलफल केन्द्रीत थियो ।

आधा दर्जनजति मन्त्री हेरफेर गर्ने दुवै लगभग सहमत भएका थिए । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।