पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

पाल्पा- रम्भा गाउँपालिका, पाल्पाको फोक्सिङ्गकोट र पिपलडाँडाको सिरमा रहेको रिमीघा लेकमा दिनुहँ पिकनिक मनाउन आउनेहरुको घुईचो लाग्ने गरेको छ । नयाँ वर्ष तथा फुर्सदको मौका पारेर विभिन्न ठाँउबाट रिमीघामा पिकनिक मनाउन आउनेहरुको दिनहुँ घुईचो लाग्ने गरेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्यता, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमीघा लेक सुन्दर र रमणीय […]

नेपाल : ‘कतै बाढी त कतै खडेरी’

पोखरा– तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रूपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको […]

चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाउने प्रवृत्तिको अन्त्य हुने

काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाएर मन्त्रालय धाउने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । यसैका निमित्त जिम्मेवार कार्यकारीहरुसँग मन्त्रालयले आज कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । सञ्चार मन्त्रालयले पहिलो पटक मन्त्रालयमातहतका १४ निकायका प्रमुखसित कार्यसम्पादन करार सम्झौता गरेको हो । सेवा तथा […]

साढे दुई हजार निजामती कर्मचारी कारवाहीको सूचीमा

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए । केन्द्रले गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९४० कार्यालयमा […]

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण दिन थालियो

पाल्पा– तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ […]

भित्तामा टाउको ठोक्काएर बुहारीले गरिन् सासूको हत्या

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको […]

मलद्वार, मुत्रनली फुटेको चौहानलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्चद्वारा उपचार खर्च प्रदान

इलाम– गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेर उपचाररत इलामका उज्जवल चौहानलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले सहयोग गरेको छ । इलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका उनको शरीरको कम्मरमुनीको भाग […]

ओली सरकारले यो वर्षमात्रै देशभर २४३ सडक पुल बनायो

काठमाडौं– केपी शर्मा ओली सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरूमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ । यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि […]

दक्षिण एसियाका ६० लाख मानिस बाढीको त्रासमा बाँच्दै

ढाका (रासस/सिन्ह्वा)– दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायःदेशमा भीषण बाढी आएको छ । […]

क्यानडाको विमान दुर्घटना तीनको मृत्यु चार वेपत्ता

ओटावा– क्यानाडाको पूर्वीभागमा भएको एक विमान दुर्घटनामा तीन व्यक्तिको मृत्यु हुनुको साथै चार वेपत्ता भएका सिटिभीले मङ्गलबार जनाइएको छ । क्यानाडाको क्युबेक प्रान्तमा सोमबार सो जहाज दुर्घटना भएको थियो । सो विमानका चालकसहित सात जना यात्रु रहेका बताइएको छ । विमान क्यानाडाको क्युबेक प्रान्तको मिस्टासिन तालको नजिक दुर्घटनाग्रस्त भएको हवाई अधिकारीहरुले जनाएका छन् । एजेन्सी