प्रहरीको हिरासतबाटै थुनुवा फरार

झापा– प्रहरीको हिरासतबाटै शुक्रबार राति एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कात्तिक ६ गते पक्राउ परेका थिए । […]

निर्वाचनलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

चितवन– निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ । सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम […]

इलाममा चुनावी प्रतिष्पर्धा रोचक बन्दै

पाथिभरा संवाददाता इलाम– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री तथा सांसद केशव थापा इलामबाट चुनावी मैदानमा उत्रिएका हुन् । वाम गठबन्धनबाट खनाल […]

जिप दुर्घटनामा तीनको मृत्यु

बाजुरा– केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । उद्धारका लागि प्रहरी टोली र भौतिक […]

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

  पास, सल्लेरी– सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताए । नेपाली काँग्रेसबाट प्रदेश सभा ९क० का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर […]

झापामा डेंगु जाँच्ने कीटको अभाव

झापा– झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो । कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका […]

सप्तरीमा साढे १४ हजार मतदाता थप

राजविराज– आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा […]

उदयपुरमा छैटौँ नारदमुनि गोल्डकप खेल शुरु

उदयपुर(पास)– उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ बसाहामा शुक्रबारदेखि औपचारिक रुपमा छैटौँ नारदमुनि स्मृति गोल्डक फुटबल खेल शुरु भएको छ । चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नुभएको सो गोल्डकप खेलमा राष्ट्रिय र क्षेत्रीय टिमसहित गरेर आठ टिमले सहभागिता जनाएको कुरा नारदमुनि स्मृति गोल्डकप आयोजकका प्रवक्ता शेखर राईले बताए । शुक्रबार उद्घाटन हुँदै पहिलो दिनको खेलमा मोरङको […]

प्राधिकरणद्वारा २८ बुँदे घोषणापत्र जारी

काठमाडौं– भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित […]

किशोरीलाई सामूहिक करणी गरेका दुई युुवक पक्राउ

रौतहट– चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुुमार दानीले जानकारी दिए । अभियुुक्त दुवैउपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार अपराह्न […]