मौसम अपडेट : आजबाट झरी सकिँदै

काठमाडौं । केही दिनदेखि निरन्तर परेको झरी आजबाट रोकिने भएको छ । प्रदेश नं.१ मा आज झरी परे पनि भोलिबाट क्रमशः मौसम सफा हुँदै जाने भएको छ । “प्रदेश नं. १ मा हिजो पनि भारी वर्षा भयो । आज पनि झरी पर्ने छ । अन्य प्रदेशबाट सकिँदै गएर प्रदेश नं. १ मा मात्रै बाँकी रहेको […]

त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद : आयल निगम

काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो […]

पाल्पा पहिरो : तीन जनाको शव भेटियो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी […]

बाढीले बगाउँदा बेपत्ता भएका विद्युतका कर्मचारीको शव भेटियो

बुटवल । कपिलवस्तुको कोइली नदीमा तीन दिनअघि बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला परेको छ । विद्युत प्राधिकरणको बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका(६ सक्रहवामा फेला परेको हो । पौडेल विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमुख थिए । विद्युत प्राधिकरणकै कर्मचारीले उनको शव फेला पारेर प्रहरीलाई जानकारी […]

जनकपुरमा नवजात शिशुको शव भेटियो

जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक […]

सप्तरी र मोरङका २ संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । डा.सापकोटाका अनुसार सप्तरीका ७० वर्षीय पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएपछि गजेन्द्र नारायणसिंह […]

काउन्सिलका कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी नियुक्त भएका छन् । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले जानकारी दिए । उनका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको […]

मौसममा क्रमिक सुधार

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ । ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति […]

दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न दिएनन् : डा. केसी

काठमाडौं । १२ औं दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीले दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न रोकेको बताएका छन् । उनका अनुसार प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा पाँचौ पटकको सत्याग्रहमा भएको र माग पूरा गर्ने सहमति गरे पनि कुनै पनि माग पूरा गरेका छैन् । उनले भने, उपलब्धि भएका कार्यहरु पनि प्रधानमन्त्री ओलीले गुमाएका […]

प्रदेश १ मा ८५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार ८५ जनामा कोरोना संक्रण पुष्टि भएको छ । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८ महिला र १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र […]