उपत्यका कोरोना अपडेट : थप ६४५ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा […]

एकैदिन कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।

थप १३१३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त […]

पहिरोले बस पुर्दा दाउन्नेमा एकको मृत्यु, सात जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो । लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये […]

संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ […]

विश्वभर २४ घण्टामा कोरोनाले ५ हजार ९१८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९१८ कोरोना संक्रमितको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको थियो । २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार […]

पहिरोमा मृत्यु भएका नौ जनाको सामूहिक दाहसंस्कार

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्द) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित […]

एसिड सम्बन्धि नयाँ कानून : एसिडले छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । २५ भदौमा एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार भइरहेको छ ।  नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको […]

सनराइज बैंकको काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने

काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत् नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । यस सेवाको सुरुवातसँगै अबदेखि बैंकमा खाता हुने सबै ग्राहकले मोबाइल बैंकिङ एप्लिकेसन ‘सनराइज स्मार्ट’ प्रयोग गरी बैंकका काउन्टरमा […]

प्रदेश २ मा कोरोना संक्रमणको कारण एकजनाको मृत्यु

जनकपुर । सप्तरीमा कोरोना लागेका एक जनाको बिहीबार मृत्यु भएको छ । राजविराज नगरपालिका घर भएका ६६ वर्षीय पुरुषको कोरोना लागेर मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । प्रदेशका विभिन्‍न जिल्लामा ४३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । धनुषामा पाँच जना, महोत्तरीमा दुई जना, सिरहाका पाँच जना, बाराका पाँच जना, पर्साका […]