किट नपाउँदा बीपी प्रतिष्ठान धरान र कन्काईमा कोरोना परीक्षण बन्द

विराटनगर । प्रदेश १ का दुईवटा ल्याबबाट कोरोना परीक्षण बन्द भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर परीक्षण बन्द गरेको छ । परीक्षणमा आवश्यक पर्ने किट सरकारले उपलब्ध नगराएकोले समस्या भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सबैभन्दा धेरै पीसीआर परीक्षण हुने क्षमताको ल्याब सञ्‍चालनमा थियो । झापाको कन्काई ल्याबबाट समेत परीक्षण […]

प्रदेश १ मा ६ हजार कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मो कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहीबार थप ११४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ६१९ जना संक्रमण मुक्त भएका छन् । प्रदेश १ मा रहेका ६ हजार ६४ संक्रमित मध्ये […]

कतारबाट ३१२ नेपाली स्वदेश फर्किए

दोहा । कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४३ औं र ४४ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४५ जना तथा हिमालय […]

एकैदिन थप १७ संक्रमितको मृत्यु

काठमाडौँ । वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ ।

उपत्यका कोरोना अपडेट : थप ७५५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा भने १४ सय ९७ जना संक्रमित भेटिएका छन् ।

देशभर थप १४९७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना […]

सप्तरीमा कोरोना संक्रमित सरकारी कर्मचारीको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणले बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो । गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको […]

खोटाङको तीन विमानस्थलमध्ये दुईमा शनिबारदेखि नियमित उडान

खोटाङ । बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट […]

कोरोना संक्रमणबाट डडेलधुरामा एक जनाको मृत्यु

डडेलधुरा । डडेलधुरा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि […]

नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए […]