यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ […]

आज २०७७ चैत्र ५ गते बिहीबारको राशिफल

आज २०७७ चैत्र ५ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? तपाईको आजको दिन कस्तो रहनेछ ? मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष धन खर्चको […]

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका–२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । थापाले बागलुङबाट एउट मितिमा दुई फरक–फरक नामबाट दुईवटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि पक्राउ […]

भारतमा नेपाली महिलाको गोली हानी हत्या

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् । […]

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ […]

कास्कीको नयाँ पुलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

पोखरा । कास्कीको नयाँ पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ नयाँ पुलमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका विश्व नेपालीको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको हो । मृतक अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ हाईजुङका स्थानियवासी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको […]

युवकको हत्या आरोपमा तीन पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। टोखा नगरपालिका–१ मालुङस्थित सडक छेउको बाँसको झ्याङमा गत शनिबार एक पुरूषको शव फेला परेको थियो। सो शव मोरङ बेलबारी नगरपालिका–२ घर भई टोखा–३ सूर्यदर्शन हाइट बस्ने २२ वर्षीय आशिष लिम्बूको थियो। उनको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएपछि […]

जब श्रीमतीको हत्यापछि श्रीमानले लुटे गहना !

काठमाडौं । बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्यापछि श्रीमान् सन्तोष सापकोटाले गहना लुटेर लगेको पाइएको छ । सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि गहना लुटेको पाइएको हो । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत […]

अमेरिकाको एट्लान्टामा शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।   मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।  आक्रमणको आशंकामा प्रहरीले २१ […]

हात्तीको आक्रमणबाट झापामा दुई घाइते

झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार […]