वैदेशिक रोजगारको ब्यथा : ५४५ नेपाली जेलमा, २४ अचेत अवस्थामा

काठमाडौँ– रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ […]

विश्वकै दोस्रो जलस्रोतको धनी देश नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

काठमाडौँ– नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २० प्रतिशत बराबरको पानी मात्रै सदुपयोग हुन […]

जनताको जलविद्युत्को पहिलो शेयर खुल्दै

काठमाडौँ– ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशूली जलविद्युत् […]

‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

काठमाडौँ– ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि भृकुटी मण्डपमा शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गरिन् । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ […]

सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरू

वालिङ– सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरूमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ । पाखो, भिरालो जमीन तथा बारीहरूमा अन्य रुख बुट्यानहरूलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने […]

बगरमा लहराउँदै तरकारी

भद्रपुर– झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो । शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको […]

नाङ्गिन थाल्यो वनक्षेत्र

बर्दिवास– वसन्त लागेपछि नयाँ पालुवा फेरिन नपाउँदै महोत्तरी जिल्लाका वनक्षेत्रमा वर्षेनी लगाइने डढेलोले यहाँको वनक्षेत्र उजाड बन्दैछ । प्रत्येक वर्ष फागुन लागेसँगै बढ्ने डढेलो नियन्त्रणका लागि पूर्वसजगता नअपनाइँदा वन क्षेत्र उजाड हुने क्रम बढेको हो । “वसन्त ऋतुलाई रुखबिरुवाले नयाँ पालुवा फेरेर नयाँ जीवन शुरु गर्ने मौसमका रूपमा अथ्र्याइन्छ, तर हाम्रो वनक्षेत्रका रुखबिरुवा वसन्तपूर्व नै […]

आजको हेलिकप्टर दुर्घटनाप्रति योगेश भट्टराईको गम्भीर प्रश्न ‘पाँच जनाको क्षमतामा किन सात जना उडाईयो ?’

काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सांसद् योगेश भट्टराईले घटनामाथि आशंका व्यक्त गरेका छन् । भट्टराईले फेसबुकमा लेखेका छन् ‘भीआईपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज […]

यो वर्षको यार्सागुम्बा अझै बिक्री भएन

दार्चुला– दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र फेरिँदै

काठमाडौँ– बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए । धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका […]