दुई समुदायबीच झडप हुँदा कम्तीमा ४० को मृत्यु

एजेन्सी । मालीमा द्वन्द्वरत दुइ पक्षबीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको मृत्यु भएको हो । देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा घटना भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घटनाका कारण स्थानीय झण्डै एक हजार मानिस विस्थापित भएका […]

डाक्टरलाई नक्कली सर्टिफिकेट बनाइदिएको आरोपमा एक पक्राउ

काठमाडौं । डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागबजारको ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख सहकुलबहादुर थापाका अनुसार नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेको थियो। त्यसपछि उनलाई सोमबार पक्राउ गरिएको हो । […]

२३ किलो गाँजासहित तीनजना पक्राउ

काठमाडौं । अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् । हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा […]

जुवा खेल्दै गरेका अवस्थामा ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँकाे ठमेलस्थित एक होटेलबाट प्रहरीले जुवाखेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । सञ्चयकोष भवन नजिक रहेको होटल आर्य तारामा तास खेलिरहेका ११ जनालाई ६ लाख २६ हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो । जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी निरीक्षक मुकेश ताम्राकार नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ […]

बाबुछोराको विवादमा बाबुको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।  प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भीर घाइते भएका विकोको उपचारका […]

नयाँ बसपार्कको होटलमा युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटलको २०४ नम्बर कोठामा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । तर, होटलमा बस्दा उनले आफूलाई […]

यसकारण चीन सरकारले अलिबाबालाई तिरायो तीन अर्ब डलर जरिवाना

शाङ्घाई (एएफपी) । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)” ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको […]

बलात्कार मुद्दाका फरार तीनजना मोरङबाट पक्राउ

काठमाडौँ । बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् । जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको […]

सुन चोरेर भागेका ३ जना पक्राउ

काठमाडौं । काभ्रेको धुलिखेमा सुन चोरेर भागेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–७ स्थित सूर्यप्रसाद देवजुको घरमा ताल्चा फोडेर चोरी गर्नेहरुलाई जिप्रका काभ्रेको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका हेम बहादुर तामाङ, कर्म तामाङ उर्फ कर्मा र बेल बहादुर नकर्मी उर्फ राजकुमार छन् ।​ देवजुको घरमा बस्ने […]

गैरकानुनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने एक पक्राउ

काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानुनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानुन विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध […]