मल खरिदमा एक अर्ब भ्रष्टाचारको कसुरमा १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । डीएपी मल खरिदमा १ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । कृषि तथा पशुपछी मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडबाट भएको खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेसहितलाई […]

१७ दिनदेखि बेपत्ता बालक मृत फेला

पर्वत। विगत १७ दिनदेखि बेपत्ता एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन निस्किएका पर्वतको मोदी गाउँपालिका-६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् । पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मङ्सिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका […]

बसपार्कमा सामूहिक बलात्कार आरोपमा आठ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२/३३ […]

बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको कारोबार, सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा

नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता र कानून विपरीत प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर हात पारेको फेला परेको छ। धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको प्रमाण हिमालखबरले फेला पारेको छ। ढुंगानाले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी […]

पार्किङ गरिएको भारतीय कारभित्र तीन शिशुको शव भेटियो

तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन शिशु मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । शिशु मृत फेला परेको कार लामो समयदेखि […]

नक्कली नोटसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत छन् । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले १ हजार दरका ५ थान नक्कली नेपाली […]

उज्यालो नेटवर्क डटकमका दुईजना पत्रकार पक्राउ

काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ […]

प्रश्नपत्र आउट गराएको आरोपमा विराटनगरबाट १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, […]

बेवारिसे अवस्थामा महिलाको शव फेला

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो । उनका अनुसार शव भेटिएपछि गए रातिदेखि प्रहरी नायब […]