रित्तिँदै स्थानीय तहका क्वारेन्टाइन

कञ्चनपुर– कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरू घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई राख्न नौवटै स्थानीय […]

प्रदेश नं १ मा थप पिसीआर ल्याब सञ्चालन, दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर– विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै […]

भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

घोडाघोडी– सुदूरपश्चिम प्रदेशको दार्चुलापारिको भारतीय सीमा धार्चुलामा एक महिना पाँच दिनदेखि अलपत्र रहेका कैलालीको घोडाघोडी नगरपालिकाका–११ शिसैयाका वीरसिहं विक नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा प्रवेश गर्दा निकै खुशी थिए । “ओहो भगवान् आफ्नो ठाउँ पुगियो” भन्दै आकाशतिर हेर्दै खुशी व्यक्त गरिरहेका वीरसिंहका आँखाबाट खुशीका आँसु झरिरहेको थियो । उनी सरकारले आफ्ना नागरिकलाई सुरक्षित तरिकाले घरसम्म ल्याउने […]

भारतमा कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार नाघ्यो र १ हजार २१८ को मृत्यु

नयाँ दिल्ली– भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना […]

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

उदयपुर– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको […]

बाँके र रुपन्देहीका दुई जनामा कोरोना संक्रमण

रुपन्देही– प्रदेश नं ५ का रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीयमा कोरोना संक्रमण भएको पुष्टि भएको गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्यावस्था सामान्य छ । यही वैशाख ५ गते भारतबाट […]

कोरोना अपडेटः विश्वभर एकै दिन ५ हजार ८०० को मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २ हजार २०० जनाको मृत्यु भएको छ । भारतमा […]

रोल्पामा चार बालबालिकाको बम बिष्फोटमा मृत्यु

रोल्पा– त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ […]

कोरोना कहर : आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो

काठमाडौँ– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण […]

‘तपाईँ भोकै हुनुहुन्छ, थिमि आउनुस्, हामी निःशुल्क खाना खुवाउँछौँ’

भक्तपुर– ‘लकडाउनका कारण तपाईँलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ? तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाईँलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको हो । मध्यपुरथिमि नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेको १० दिनपछि नगरपालिकासहित सिङ्गो नगरवासीको सहयोगमा विभिन्न चार ठाउँमा सञ्चालन गरेको सामूहिक मेसमा निःशुल्क खाना खुवाउँदै आएको छ […]