मानव जातिको पुरानो शत्रु महामारी: विगतदेखि वर्तमानसम्म

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र […]

कोरोना भाइरस: स्वदेश फर्कन चाहने कामदारका लागि क्वारन्टीनको व्यवस्था मिलाउन खाडीदेशस्थित राजदूतहरूको आग्रह

खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्। कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली राजदूतहरूले त्यस्तो निचोड निकालेर सरकारलाई पत्राचार गरेका हुन्। यसै साता उनीहरूबीच भएको भिडिओ कन्फ्रेन्समा विशेष […]

एडिबीद्वारा स्वास्थ्य सामग्री र सहुलियतपूर्ण ऋण बजेट सहयोग

काठमाडौं- एसियाली विकास बैंक (एडिबी)ले तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडा र एसियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड-१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे आज भएको टेलिफोन वार्तामा बैंकले त्यस्तो जानकारी […]

स्वास्थ्य सामग्री ल्याएर फर्किए कतार र इत्तिहादका जहाज

काठमाडौँ– कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौँ आएका थिए । कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन स्वास्थ्य सामग्री बोकेर कतार एयरवेजको जहाज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

सन्ताउन्न हजारको कोभिड–१९ परीक्षण

काठमाडौं । अहिलेसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट ११ हजार ५२४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण […]

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

वासिङ्टन डिसी-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पताल भर्ना भएका हुन्। उनीसहित अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ। तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना […]

समस्यामा परेका ५३८ जनालाई झापा ल्याइयो

झापा– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ । लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरूलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद […]

बाहिरबाट आएकाहरुले खचाखच क्वारेन्टाइन

फिदिम– विदेशबाट आई गाउँघरमा लुकेर बसेका तथा काठमाडौँबाट गाउँ फर्काइएकालाई राखिएपछि यहाँका क्वारेन्टाइन खचाखच भरिएका छन् । चैत लागेयता पाँचथरका १२९ जना विदेशबाट फर्केका थिए । तीमध्ये झण्डै एक तिहाइ मानिस क्वारेन्टाइनमा नबसी गाउँघरमै लुकेर बसेका थिए । पहिलो चरणमा विदेशबाट फर्केका तथा उनीहरूको सम्पर्कमा पुगेका १०४ जनालाई क्वारेन्टाइनमा दुई साता राखेर शीघ्र डाइग्नोष्टिक टेष्ट […]

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी

हेटौँडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा.दासले करिब […]

प्रदेश नं १ मा ३८ जना आइसोलेसनमा

विराटनगर– प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन् । पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार […]