आज नेपालमा दुई जनामा कोरोना सङ्क्रमण थपिएसँगै सङ्क्रमितको संख्या ४७ पुग्यो

काठमाण्डौ । नेपालमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या ४७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण भएको पुष्टि […]

इलाम जिल्लाबासीलाई घर फर्काउन पहल थालियो

काठमाडौं– विभिन्न कारणले इलामबाट अन्य ठाउँमा रहेका र लकडाउनमा फसिरहेका इलाम जिल्लाबासीलाई घर फर्काउने पहल शुरु भएको छ । जिल्ला समन्यव समिति इलामको पहलमा बुधबार बसेको बैठकले इलाम जिल्लाका सम्पूर्ण स्थानीय तहहरुलाई उदयपुर जिल्लाबाहेक अन्य ठाउँमा रहेका नागरिकहरुको विवरण पठाउन निर्देशन दिएको हो । लकडाउनमा फसेका इलामेलीहरुलाई घर फर्काउने पहलस्वरुप व्यक्तिहरुको तथ्यांक संकलनको काम शुरु […]

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

भोजपुर– छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ । संघको घोडेटार शाखा र शाखाअन्तर्गत […]

के तपाईं भोकै हुनुहुन्छ ? पिर नमान्नुस्, निःशुल्क भोजन सेवा उपलब्ध छ

पोखरा– कोभिड–१९ को महामारीसँगै लकडाउन जारी रहेको अवस्थामा यहाँको एक संस्थाले भोका विपन्न मजदूरका लागि निःशुल्क भोजन सेवा उपलब्ध गराएको छ । पोखरा महानगरपालिका वडा नं ७ मासवारमा महानगर र पौरखी स्वयंसेवी समूहको समन्वयमा भोका मजदूर वर्गलाई तत्तत् स्थानमा पुगी भोजन वितरण गर्दै आएको हो । शनिबारदेखि खाना बनाएर प्राप्त सूचनाका आधारमा खाना सेट प्याकिङ […]

कोरोना संक्रमित युवराज विक निको भएपछिको अन्तर्वार्ता

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो । चैत १० गते […]

कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने

काठमाडौँ– ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले कुनै समय कुनै सन्र्दभमा व्यक्त गर्नुभएको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न […]

पाँचथरले नाका सिल गर्‍यो

फिदिम– कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णयसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । झापासहित पूर्वी […]

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १,६५,००० पुग्यो

जेनेभा– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।   जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ […]

कोरोना भाइरसः अफगान राष्ट्रपति कार्यालयका दर्जनौँ ‘कर्मचारी सङ्क्रमित’

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन। सतरी वर्षीय राष्ट्रपति गनीले […]

कोरोनाको संक्रमणले अमेरिकामा मात्रै १० नेपालीले जीवन गुमाए

वासिङ्गटन डिसी– अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो […]