हिँडेर घर जान लागेकालाई बनेपामा खाना र पानी

बनेपा– ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुगे । सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आएका तुल्सीपुर नगरपालिका वडा नं. १९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भने, “कोठामा खाद्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उनी एक महिनाअघि सिन्धुपाल्चोक पुगेका थिए । […]

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

इलाम– इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

किट अभावले शङ्कास्पद व्यक्ति परीक्षणबिनै फर्कँदै

जाजरकोट– जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् । गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका […]

भारतले चीनबाट ३ लाख ‘टेस्ट किट’ लग्यो

नयाँदिल्ली । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत गगिएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भनेका छन्, ‘ग्वान्झाओबाट झण्डै ३ लाख […]

पाँच सय बढीले भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाए

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको […]

लकडाउनको समयमा स्वस्थ र सधैं निरोगी बन्न यसरी बनाउनुस् दैनिक स्वास्थ्य तालिका

अहिलेको जमानामा विभिन्न किसिमको संक्रमणको भय छ । वातावरणिय प्रदूषण पनि स्वास्थ्य चुनौती बन्दै गएको छ । अर्कोतिर हामीले खाने अधिकांश खानेकुरा विषाक्त छन् । यावत् कारणले हामी जिर्ण, रोगी हुँदैछौ । अतः रोगमुक्त जीवन बाँच्नका लागि हामीले जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ । यसमा खानपानदेखि हाम्रो दिनचर्यासम्म कस्तो हुनुपर्छ भनी उल्लेख गरिएको छ । […]

शरीरको पूर्ण व्यायाम गर्न सूर्य नमस्कार यसरी गर्नुहोस्

विश्व समुदाय अहिले स्वस्थ्य समस्यासँग जुधिरहेका छन् । कति त गर्भबाटै रोग बोकेर आइरहेका छन् । घर घरमा रोगी छन् । रोगै रोगको कारण जीवन मरेतुल्य छ । दिनदिनै औषधी सेवन गर्नुपर्ने, अस्पतालको चक्कर लगाउनुपर्ने, उपचार खोज्नुपर्ने वाध्यतामा गुज्रिरहेको छ हाम्रो दैनिकी । यसरी रोगको संक्रमणले ग्रस्त हामी त्यसबाट कसरी उन्मुक्त हुने भनेर खोजी गरिरहेका […]

यस्तै हेलचेक्र्याईँ गरे जापानको स्वास्थ्य प्रणाली ध्वस्त हुने

काठमाडौं । जापानका डाक्टरहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् । अहिले जापानमा अत्यधिक चापको कारण केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सीमा रुपमा राखेर उपचार गर्न नसकिने अवस्था आएको अधिकारीहरुले बताएका छन् । शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भए पनि जापानमा अहिले संक्रमितको संख्या १० […]

कोरोना भाइरसको संक्रमणबाट विश्वभरीमा २८ नेपालीको निधन

काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, […]

पीपीई सेटमा फोन उठाउन नसक्दा डा. पुनलाई कारवाही

काठमाडौं– भाइरोलोजीमा जापानबाट पिएचडी गरेका डा. शेरबहादुर पुनले पीपीई सेट लगाएको वेला फोन उठाउन नसक्दा कारवाहीमा परेका छन् । टेकु अस्पतालमा १८ वर्षदेखि निरन्तर करारमा सेवा गरिरहेका उनलाई कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा बोलाईएको छ । योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा […]