सवारी पासको दुरुपयोग बढ्यो

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरूपयोग हुने क्रम बढेको छ । अनावश्यक व्यक्तिहरूले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दुरूपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरूपयोगबारे आजदेखि कडाइका साथ अनुगमन […]

कोरोनाबाट बच्न २०२२ सम्म नै सामाजिक दुरी कायम राख्नुपर्छ

वासिङटन– कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, […]

चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने

बेइजिङ– चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका हुन् । उनकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो । विश्वमा कोविड १९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको […]

अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनको बजेट सहायता कटौतीको घोषणा

वासिङ्टन डिसी (एएनआई) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिएका हुन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “विश्व स्वास्थ्य […]

अन्डाको आयु कति हो ? वास्तविकता बुझेर मात्र सेवन गरौँ

काठमाडौं- अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्डाको […]

नेपालमा थप ३ कोरोनाका संक्रमित भेटिए

काठमाडौं । नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ। ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ। योसँगै […]

आइसोलेसनबाटै बिरामी भागेपछि…

उदयपुर- कोरोना संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती भागेका छन् । उनीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाको १८ नम्बर बाहिनीअन्र्तगतको रणशार्दुल गण वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्दा ९९ डिग्री ज्वरो आएका मगरातीलाई १२ […]

विदेशबाट फर्केकाको विवरण सङ्कलन गरिँदै, १७ जना क्वारेन्टाइनमा

लहान– सिरहाका स्थानीय तहले गत फागुन २३ गते यता अन्य देशबाट फर्केकाहरुको बिवरण सङ्कलन गरी क्वारेइन्टाइनमा राख्न थालिएको छ । कोभिड १९ फैलिएका मुलुकबाट फर्किएका व्यक्तिका कारण रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै स्थानीय तहले २० दिनअघि नेपाल फर्केका सबैको विवरण सङ्कलन गरी स्थानीय तहद्वारा स्थापना गरिएका क्वारेइन्टाइनमा राख्न थालिएको हो । भारतसहित अन्य मुलुकबाट फर्किएका […]

‘लकडाउन’मा समस्या परे ११८०, ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा फोन गर्नुहोस्

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि राजधानी काठमाडौं ‘सेल्फ क्वारेन्टाइन’मा छ । सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । तर, यस्तो वेला कुनै समस्या परे कसलाई, कसरी सम्पर्क गर्ने ? भन्ने जनकारी नहुन सक्छ । त्यस्तै, जिज्ञासा र समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ । महानगरले […]

कोरोनाको संक्रमण फैलन नदिन सर्लाही रानीगंजको १०० घर सील

लालबन्दी– फ्रान्स हुँदै कतारबाट कतार एयरवेजको विमानबाट नेपाल आएकी एक जना युवतीमा कोरोनाको भाईरसको संक्रमण भएको पाईएपछि ती नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ । कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव १ सय घर सिल गरिएको […]