गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्ड (रासस/एएफपी)– थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार […]

दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालकको अझै उद्धार भएन

थाइल्याण्ड (रासस/एएफपी)– थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धार भएको छैन । उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस […]

प्रत्येक वर्ष २० हजार भियतनामीलाई कलेजोको क्यान्सर

हानोई (एजेन्सी)– भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ । भियतनाम लिभर एण्ड बाइल एसोसिएसनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको अधिकारीहरूले बताएका छन् । प्रतिवेदनका अनुसार क्यान्सर रोग वृद्धि हुनुमा रोग पत्ता नलाग्नु र उपचारमा ढिलाई हुनु प्रमुख कारणको रूपमा रहेको छ । भियतनाममा भारी मात्रामा […]

सुष्मा स्वराज सवार विमान १४ मिनेट ‘सम्पर्कविहीन’

नयाँदिल्ली (बीबीसी)– भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीनु हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्। दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल एटीसीले चेतावनी जारी गरेपछि तनाव सिर्जना भएको थियो। अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ […]

कतार संकटको एक वर्षः सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरियो

दुवई (रासस/एएफपी)– खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट […]

भारतमा आँधीका कारण २१ को मृत्यु

नयाँदिल्ली (रासस/सिन्ह्वा)– भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् । यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । गत महिना भारतका […]

भारतमा निपा भाइरसबाट १६ जनाको मृत्यु

नयाँदिल्ली (एजेन्सी)– भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ बर्षीया एक […]

श्रीलङ्कामा भाइरल फ्लूका कारण १४ बालबालिकाको मृत्यु

कोलम्बो, श्रीलङ्का (रासस/सिन्ह्वा)– श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् । चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन् । दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले […]

चक्कु प्रहारबाट सात विद्यार्थीको हत्या

काठमाडौं– चीनको शानशी प्रान्तको एक स्कूलमा बाहिर एक आक्रमणकारीले सात विद्यार्थीको ज्यान लिएका थिए ।चाकुबाट गरिएको आक्रमणका क्रममा अन्य १२ विद्यार्थी घाइते भएका छन् । मारिनेमा पाँच छात्रा र दुई छात्र छन् ।प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।अधिकारीहरुका अनुसार यो घटना मिजा क्षेत्रको एक स्कूलको नजिक भएको हो । सबै विद्यार्थी विद्यालय सकिएपछि […]

दुई कोरियाबीच शिखर बैठक शुरु

गोयाङ, दक्षिण कोरिया (रासस/सिन्ह्वा)– दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाको राष्ट्रपति […]