अमेरिकाले ९ हजार नेपालीलाई फिर्ता पठाउँदै

वासिंटन (एजेन्सी)– अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले नेपाल फिर्ता पठाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लागेका हुन् । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । वासिंटन […]

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

वासिङ्टन– अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका […]

विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन

टोक्यो (रासस/एएफपी)– विश्वभरीका जीवित मानिसमध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमले आइतबार समाचार संप्रेषण गरेका छन् । उनको जन्म सन् […]

भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानून बन्यो

नयाँदिल्ली, भारत (रासस/एएफपी)– भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै […]

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

नयाँदिल्ली (सिन्ह्वा)– भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् । छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् । प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय […]

नाइजेरियामा बोको हरामद्वारा एक हजार बालबालिकाको अपहरण

संयुक्त राष्ट्रसंघ, न्युयोर्क (रासस/सिन्ह्वा)– नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् । लडाकूहरुले बालबालिकालाई हानी हुनेगरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व […]

भारतमा फेरि अर्को दुर्घटना, १८ को मृत्यु, १५ घाइते

नयाँदिल्ली– भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको […]

१२० परेवाको खोजी गर्दै छत्तीसगढका प्रहरीहरु

छत्तीसगढ (एजेन्सी)– भारतको छत्तीसगढ राज्यको प्रहरीले १२० परेवाको खोजी गरिरहेको छ । प्रहरीले निकै चासोका साथ परेवा खोजी कार्यलाई तीव्र तुल्याएको छ । समाचार एजेन्सीहरुका अनुसार ती परेवा सामान्य परेवाजस्ता होइनन् । ती परेवा दुर्ग जिल्लाको कसारिडीह क्षेत्रमा बस्दै आएका रथिन्द्रनाथ मायतीले पाल्दै आएका विशेष दक्षताका परेवा हुन् । मायतीले परेवा पाल्दै आएका छन् । […]

अमेरिका जान नियम थपियो, भिषा निवेदकको फोन, इमेल र सामाजिक सञ्जालको विवरण माग्ने

वासिङटन– विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ । संघीय दर्ता नाम गरेको एक कागजातमा शुक्रबार उक्त बिषयबारे जानकारी गराइएको छ । दर्ताका लागि बनाइएको उक्त […]

नाइजेरियामा सशस्त्र लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

लागोस,नाइजेरिया (रासस/सिन्ह्वा)– नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उनले बताए । उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर […]