भ्रामक समाचार लेख्नेलाई दश बर्ष जेल सजायको प्रस्ताव

क्वालालम्पुर (रासस/एएफपी)– मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफू भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताए । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने […]

‘सपिङ्ग मल’ मा आगलागी हुँदा ४८ को मृत्यु

मस्को (एजेन्सी)– रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी […]

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

सोल (सिन्ह्वा)– दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनी पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ । उनी आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ सम्म उनी आफ्नो पाँचबर्षे राष्ट्रपतीय […]

इदलीबमा विद्यालय नजिकै हवाई आक्रमण, १६ कलिला छात्रछात्राको मृत्यु

बेरुत, लेबनान (एजेन्सी)– सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ ।’ संस्थाका प्रमुख रामी अब्देल रहमानले भने, […]

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

नयाँदिल्ली– सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गरेका राजधानी नयाँदिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि […]

७६.६७ प्रतिशत मत प्राप्त गर्दै रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को (रासस/सिन्ह्वा)– ७६.६७ प्रतशत मत प्राप्त गर्दै रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी अत्यधिक बहुमतका साथ पुनः निर्वाचित भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका हुन् । यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै […]

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिकका कणहरू भेटियो

लण्डन– उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक […]

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

आर्बिन, सिरिया (रासस/एएफपी)– दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ । […]

एकै जनाले भाडामा १६ सन्तान जन्माए

थाइल्याण्ड (रासस/एपी)– डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना जापानी अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको छ । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका ती जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएपछि उनी एकै जनाले त्यति धेरै पैसाकै आडमा सन्तान जन्माएको रहस्य उजागर […]

ट्रम्पका छोरा भारत भ्रमणमा

नयाँदिल्ली (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्गेका छन् । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा […]