एमसीसीबारे बहस भइरहेको छ, केही हतार गर्नु पर्दैनः नवनिर्वाचित सभामुख

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे बहस भइरहेको भन्दै निर्णयका लागि हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् । सोमबार पदभार ग्रहण गर्दै सभामुख सापकोटाले एमसीसीबारे बहस जारी रहेको बताउँदै बहस छेडिएपछि निचोडमा पुग्ने भन्दै अहिले हतार गर्नु नपर्ने जनाएका हुन् । ‘जब बहस छेडिन्छ तब निचोड तिर पुग्छ, अध्ययन गर्दै […]

सभामुख सापकोटाले खाए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आज पद तथा गोपनीयताको शपथ गराएकि छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर […]

आज प्रतिनिधिसभाले ४ महिनापछि सभामुख पाउँदै

काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न […]

राष्ट्रियसभा निर्वाचनः नेकपाका १६ र राजपाका २ निर्वाचित (सूचिसहित)

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एकसीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ । राष्ट्रियसभामा […]

कार्यकर्ताले कसैलाई तँ भन्यो भने नेकपाले कारवाही गर्ने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल […]

उपसभामुख डा. तुम्वाहाङ्फेले राजीनामा दिँदै

डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् । उनले संसद सचिवालयमा राजीनामा बुझाउनेछन् । आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने संसद सचिवालय स्रोतले जानकारी दिएको छ । उपसभामुख तुम्वाहाङ्फेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार उपसभामुखले केहीबेरमा राजीनामा दिने तयारी छ ।

दलबाट उम्मेदवारको टुंगो नलागेसम्म राजीनामा नदिने उपसभामुख तुम्बाहाम्फेको अडान

काठमाडौँ– उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट अडान दोहो¥याएकी छन् । उपसभामुख तुम्बाहाम्फेले भनिन्, “सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन […]

निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता

डोटी । दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ । हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले […]

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहाको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । पृथ्वी जयन्तीका अवसरमा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गर्नुभएको हो । विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेता पनि अहिले सबै राजनीतिक दल र […]

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” […]