प्रदेश नं १ को वर्षे अधिवेशन शुरु

विराटनगर (पास)– प्रदेश नं १ को वर्षे अधिवेशन आजबाट शुरु भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि वर्षे अधिवेशन शुरु भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहित ३७ […]

रणनीतिक त्रुटिका कारण काँग्रेसको हारः नेता सिटौला

दाङ (रासस)– नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रणनीतिक त्रुटिका कारण काँग्रेसले हार व्यहोर्नुपरेको बताएका छन् । नेपाली काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले भने, ‘चुनावमा हार व्यहोर्नुपरे पनि काँग्रेस जनताको मनबाट हारेको छैन ।’ नेता सिटौलाले अब काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै त्यसका लागि पार्टी एकताबद्ध भएर […]

सरकारमा आउन फोरमले मन्त्रीको नाम चाँडै टुङ्ग्याउने

काठमाडौँ (पास)– दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ । मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुङ्गो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । आज पनि अनौपचारिक तवरका छलफल भए पनि अझैसम्म टुङ्गो लागेको छैन । पार्टी […]

यातायातमा सिन्डिकेट अन्त्य गर्न मन्त्रालय र व्यवसायीबीच पाँचबुँदे सहमति

काठमाडौँं (पास)– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायी महासंघबीच यातायात एकाधिकार अन्त्य गर्ने विषयमा पाँचबुँदे सहमति भएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात क्षेत्रका जुनसुकै प्रकारको एकाधिकार (सिन्डिकेट) को स्वरुप खारेजी गर्ने सहमति भएको जानकारी गराइयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको उपस्थितिमा आइतबार बेलुकी मन्त्रालयमा भएको वार्ताले […]

गृहमन्त्रीको निर्देशनपछि व्यवसायी पक्राउ पर्न थाले

काठमाडौं (पास)– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएसँगै यातायात व्यवसायी पक्राउ पर्न थालेका छन् । निर्देशनपछि बुटबलबाट पश्चिम नेपाल बस व्यवसायी समितिका पदाधिकारी जीवन बञ्जाडे र पदम गाहामगर पक्राउ परेका छन् । बञ्जाडे उपाध्यक्ष र गाहा […]

सिन्डिकेट विरुद्ध मन्त्री महसेठको कडा स्टाटस

काठमाडौं (पास)– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समाजिक सञ्जालमा सिन्डिकेटधारी यातायात व्यासायीविरुद्ध निकै कडा स्टाटस पोष्ट गरेका छन् । आजदेखि अनिश्चितकालिन यातायात हड्तालमा उत्रिएका यातायात व्यवसायीविरुद्ध शुक्रबार ‘आफू जाने गन्तब्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफूलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस अरु सिन्डिकेट तोड्ने काम हामी गर्छौ ।’ भन्ने चुनौतीपूर्ण अभिव्यक्ति […]

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन पनिः प्रधानमन्त्री ओली

भरत केसी, बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरूपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरूको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं […]

आज कांग्रेस बैठकमा महामन्त्रीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिदै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।पार्टी कार्यालय सानेपामा बस्ने आजको बैठकमा महामन्त्री शशांक कोइरालाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।यसअघि हिजोको बैठकमा महामन्त्रीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको भए पनि प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो । प्रतिवेदनमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ […]

पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता

काठमाडौँ (पास)– पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि गम्भीर छलफल भएको छ । पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले […]

एमाले र माओवादी केन्द्रबीचको एकीकरण टर्दैनः नेता नेपाल

बर्दिवास (पास)– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी […]