मुख्यमन्त्री राई–आवास हस्तान्तरण

इटहरी (पास)– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पु¥याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने कुरामा जोड दिएका छन् । मुख्यमन्त्री राईले आज बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न […]

एकतापछि एमाले–माओवादीले ‘सूर्य’ चिह्न प्रयोग गर्ने समझदारी

प्रकाश सिलवाल, काठमाडौं– पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरूले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने […]

सभापति देउवा भन्छन्, सरकारले अधिनायकवाद शुरु गर्याे

चितवन (पास)– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको […]

जनयुद्धले नफेरिएको जीवन व्यवसायले फे-यो

दीपेन्द्र शर्मा, सुर्खेत– स्वैच्छिक अवकाश रोजेका माओवादीका पूर्व लडाकु अहिले आर्थिक क्रान्तिमा जुटेका छन् । वैच्छिक अवकाश रोजेका कर्णाली प्रदेशका उनीहरुले विभिन्न व्यवसायमा लागेर आर्थिक समृद्धिको बाटो रोजेका हुन् । माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा रहेको कर्णाली प्रदेशबाट करीब तीन हजार २०० को हाराहारीमा क्यान्टोनमेन्ट छिरेकामध्ये अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेका थिए । स्वैच्छिक […]

राराको आडैबाट प्रधानमन्त्री ओलीको ३१ बुँदे योजना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उनले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ अगाडि बढ्न पनि […]

विसं. २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

भीष्मराज ओझा/सिबी अधिकारी, काठमाडौँ– विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको […]

गृहमन्त्रीको कडा कदम, घरेलु कामदार बनाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौँ (पास)– गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र […]

प्रधानमन्त्रीले राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले भोलि वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् । रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन् । उनी आज हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि […]

प्रचण्ड भन्छन्– तत्कालै बस्ने बैठकले पार्टी एकता टुङ्ग्याउँछ

चितवन (पास)– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे । उनले दुई कार्यदलले तयार […]

नवनियुक्त आईजीपीले लगाए दर्ज्यानीचिह्न

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज बिहान दर्ज्यानी चिह्न पाएका छन् ।खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजै आफ्नो कार्यभार सम्हाल्नेछन् । सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक […]