शब्दचित्रमा सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेन्द्र खनाल

नामः– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल शैक्षिक योग्यताः– एम.ए. बाबुको नामः– डा. टिकाराम शर्मा (खनाल) घर ठेगानाः– जिल्ला काठमाडौं, का.म.न.पा. १० थापागाउँ नयाँबानेश्वर जन्म मितिः– २०२३/०६/२९ गते भर्ना मितिः– २०४९/०१/१९ गते (प्रहरी निरीक्षक) तालिमहरुः– प्रहरी अधिकृत आधारभूत तालिम, अपराध अनुसन्धान, कमाण्ड, कर्मचारी व्यवस्थापन, विशेष शस्त्र तथा युद्धकला, सशस्त्र प्रहरी सहिष्णुता, गुल्मपति स्टाफ तालिम, लिडरसिप एण्ड […]

आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने

बाजुरा (रासस)– बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताएका छन् । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताए । […]

तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोसः मन्त्री पण्डित

पाल्पा (पास)– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भने । मन्त्री पण्डितले भने, ‘अटेरी गरेर बसिरहने हो भने […]

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ (पास)– टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै भने, ‘विसं २०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज […]

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्रीबाट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेका छन्।नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतमा गृहमन्त्री सिंहले गरे स्वागत, यस्तो छ भ्रमण तालिका

नयाँ दिल्ली–प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए । प्रधानमन्त्री ओली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमानमा दिल्ली […]

पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । संयोजन समितिको बैठकमा विशेष गरी यिनै […]

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यस्ता छन् निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वीकृत गरिएको भएको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको यही चैत २३ देखि २५ सम्म हुने भारतको राजकीय भ्रमण अनुमोदन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीसँगै अरु तीनजना मन्त्रीको नाम पनि अनुमोदन गरेको छ ।बैठकले सबै जिल्ला शिक्षा कार्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइ […]

मदन भण्डारी संग्रहालयमा ढुंगेसाँघुदेखि दासढुंगासम्म

सुमन घिमिरे, उर्लाबारी, मोरङ– तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका लागि […]

गौहत्या एवं त्यसको मासु प्रकरणबारे तथ्य बंग्याएर पीडित बनाएको उपसभामुख तामाङको भनाई

नुवाकोट (पास)– गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन् । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छन् । ‘नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही […]