उपमेयर साहद्वारा वडाअध्यक्ष कुटिए (भिडियोसहित)

इटहरी (पास)– सुनसरीको दुहबी नगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले कुटपिट गरेकी छिन् । ५ नम्बर वडामा रहेको सरस्वती उच्चमाबि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै शुक्रबार उपमेयरले कुटपिट गरेकी हुन् । खेल मैदान निर्माण सकिएकोले अनुगमन […]

जनताको समृद्धिका लागि सहयोग आवश्यकः मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको शनिबार यहाँ उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेका छ भने । मुख्यमन्त्री राईले जनताले […]

नेपालकै होचो भू–भाग कचनकवलको विकास गर्न सरकारको ध्यानाकर्षण

भद्रपुर (पास)– नेपालकै होचो भू–भागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विभिन्न समस्याको उजागर गरेका छन् । कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय तह निर्वाचनपछि जनताको अपेक्षा अत्यधिक रहेको तर, त्यस अनुसार काम गर्न […]

प्रदेश ३ को राजधानी हेटौंडा नै स्थायी हुने प्रचण्डको भनाई

हेटौँडा– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन् । प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताए । अध्यक्ष दाहालले प्रदेशको […]

प्रहरी मेसमा प्रहरी जबानसँगै गृहमन्त्रीले खाना खाएपछि…

काठमाडौं (पास)– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए । त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ […]

जेलको भौतिक संरचना निकै कमजोर र वासस्थान राम्रो भएनः गृहमन्त्री

काठमाडौं (पास)– सेन्ट्रल जेल सुन्धारा र डिल्लिबजार कारागारको गृहमन्त्री रामबहादुर थापा (बादल)ले आज निरीक्षण तथा अवलोकन गरेका छन् । सो क्रममा जेलको भौतिक संरचना निकै कमजोर रहेको, वासस्थानको राम्रो व्यवस्था नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले जेललाई यातनागृहको रुपमा नभई सुधारगृहको रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि आवश्यक पुर्वाधार निर्माण […]

कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म…

रमेश लम्साल, काठमाडौं– दोस्रो कार्यकालका लागि निर्वाचित भएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित छन् । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मिएका हुन् । किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै समस्या थियो । […]

उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी

काठमाडौं (पास)– उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको हो । उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल रहेका […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, […]

पूर्व अर्थमन्त्री महतलाई बोतल हान्ने पक्राउ

नुवाकोट (पास)– पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । […]