मृत्युदण्ड सुनाइएका उमेश भन्छन्– ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

महेन्द्रनगर, धनुषा– बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको […]

इँटाभट्टाको मजदूर माथि गोली प्रहार

रौतहट (रासस) रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे […]

चिताबाटै महिलाको शव उठाइयो

रौतहट (पास)– प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ […]

छ महिनापछि क्याम्पसको तालाबन्दी खुल्यो

लहान– करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ ।क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन […]

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

राजविराज– महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ ।नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस […]

वीरगञ्ज नाकाबाट मात्रै सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा (पास)– चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३/७४ […]

भित्रिएको १ घण्टामै बेहुलीले छोरा जन्माएपछि…

सिरहा– विवाह गरेर ल्याएकी नव दुलहीसँग तपार्इं के अपेक्षा गर्नुहुन्छ ? सबैका अपेक्षा फरक हुन सक्छन् । तर, कहिलेकाहीँ तपार्इंको अपेक्षाभन्दा नितान्त फरक अवस्था सिर्जना हुन्छ । जुन कुरा तपार्इंले कल्पना पनि गर्नुभएको हुन्न । सिरहाको दक्षिण गाउँमा शुक्रबार एउटा यस्तै अनपेक्षित घटना घटेको छ । जिल्लाको दक्षिणवर्ती सुखीपुर नगरपालिका–४ पोखरियाका उमेशकुमार राम ९मोची० को […]

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

लहान (रासस)– सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ । घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको […]

धनुषामा नव विवाहितालाई ज्यूँदै जलाईयो

महेन्द्रनगर, धनुषा (पास)– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको […]

सन्तपुरका ४७ माझी परिवालाई धुर्मुस–सुन्तलीको सुन्दर घर

रौतहट– धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेकोे ‘सन्तपुर एकीकृत नमूना बस्ती’ का सुन्दर घरमा आजदेखि ४८ माझी परिवारले बास पाएका छन् । चन्द्रपुर नगरपालिका–८ स्थित विशेष समारोहबीच सन्तपुर एकीकृत नमूना बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेर बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेपछि आजदेखि माझी परिवारले ती घरमा बस्न पाउने भएका […]