नेपालमा कोरोना सङ्क्रमण बढ्यो, १५ दिन शैक्षिक संस्था बन्द गर्दा केहि समाधान होला ?

काठमाडौं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई दृष्टिगत गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । ‘हामीले १८ […]

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

काठमाडौं । आजदेखि ३ दिन अर्थात सोमबारसम्म वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहिरहेकोले तराईका केही भूभागमा हुस्सु लागेको छ भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका […]

विज्ञको चेतावनी : नेपालमा पनि ओमिक्रोनले भयावह रूप लिनसक्ने

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भनईरसको ओमिक्रोन भेरियन्ट देखिएपछि अब नेपालमा ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । छिमेकी देशहरु भारत र चीनसमा पनि ओमिक्रोनले आक्रान्त पार्न थालेपछि नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् । छिमेकी देश भारतमा बढ्दै […]

एकैपटक २६ जना एसएसपीको सरुवा

SSP nepal police logo

काठमाडौं । एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेका हुन् । २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव […]

आज ३७० जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ७१५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर […]

आज शेयर बजार ३० अंकले ओरालो लाग्यो

काठमाडौं । आइतबार, सोमबार र मंगलबार उच्च अंकले बढेको शेयर बजार आज बुधबार ३० अंकको झरेको छ । आज बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा रोकिएको छ । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो […]