१३ औं साग: उसुमा नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण थपेको छ ।

उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

यो सँगै १३ औं सागमा नेपालले २४ स्वर्ण जितेको छ ।